क्यानडा पठाइदिने भन्दै १८ लाख ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं  । वैदेशिक रोजगारका लागि क्यानडा पठाइदिने भन्दै र १८ लाख ५३ हजार रुपैयाँ  ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी शुक्रबार  सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा गोरखा आरुघाट गाउँपालिका–१० घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल बस्ने ३४ वर्षीय रामहरि भण्डारी रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । 

    

प्रतिक्रिया