सहकारी प्रतिवेदनमा नक्कली विवाहको उल्लेख, कांग्रेस उपसभापति गुरुङमाथि छानबिन गर्न निर्देशन
काठमाडौँ । कांग्रेस उपसभापति धनराज गुरुङले मितेरी वचत तथा ऋण सहकारीको रकम हिनामिना गरेको उजुरीका आधारमा कारबाही गर्न संसदीय छानबिन समितिले निर्देशन दिएको छ। उनले सम्बन्ध विच्छेद गरेकी ज्योति गुरुङसँग मितेरी सहकारीको बचत रकम हिनामिना गरेको समितिले उल्लेख गरेको छ।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धनमा संसदीय छानबिन समितिको शुक्रबार सार्वजनिक भएको प्रतिवेदनमा कतिपय समस्याग्रस्त सहकारीमा नक्कली विवाह गर्ने गरेको उल्लेख पनि गरिएको छ।
प्रतिवेदनमा छ, ‘मितेरी बचत तथा ऋण सहकारीमा कार्यरत ज्योति गुरुङले पति धनराज गुरुङसँग सम्बन्ध बिच्छेद गरेर पनि एकसाथमै बस्ने गरेको चर्चा छ । निजहरूको सम्बन्ध विच्छेदको मिलापत्र फैसला अनुसूची–२३ मा प्रस्तुत गरिएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘सहकारी संस्थाका तर्फबाट निज ज्योति गुरूङ र धनराज गुरूङ समेतका उपर प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय, हेटौंडामा उजुरी परी केन्द्रीय अनुसन्धान ब्युरोमा आएकोमा समितिले सो सम्बन्धमा थप अनुसन्धान गरी शिघ्र कानुनी कारबाही अगाडि बढाउन समितिको अन्तिम बैठकबाट निर्देशित समेत गरेको छ ।’
प्रतिक्रिया