प्रधानमन्त्री ओली पुगे कतारको दोहा

काठमाडौं ।  प्रधानमन्त्री के‍.पी. शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै  संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्क जाने क्रममा कतारको दोहा पुगेका छन् । 

प्रधानमन्त्री ओली स्थानीय समय अनुसार दिउँसो १ बजेर ३५ मिनेटमा हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा विमानस्थलको विशिष्ट कक्षमा कतारका लागि नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार राई र दूतावासका वरिष्ठ अधिकारीहरुले स्वागत  गरेका थिए । 

प्रतिक्रिया