सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ। प्रतिनिधि सभाको वेबसाइटमा उक्त प्रतिवेदन शुक्रबार प्रकाशन गरिएको हो।

नेकपा (एमाले) का सांसद सूर्य थापा सभापतित्वमा रहेको सात सदस्यीय समितिले गत भदौ ३१ गते प्रतिनिधि सभामा सहकारीसम्बन्धी प्रतिवेदन पेस गरेका थिए। सोही दिन सभामुख देवराज घिमिरेले प्रतिवेदन सरकारलाई पठाउन निर्देशन दिएका थिए। 

असोज २ गतेको मन्त्रिपरिषद बैठकले सहकारीसम्बन्धी प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो। यो प्रतिवेदनले सहकारी बचत रकम अपलचनमा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहितलाई कारबाही सिफारिस गरेको छ।

 

 

प्रतिक्रिया