अमेरिकी शेरिफमाथि न्यायाधीश हत्याको अभियोग

एजेन्सी । अमेरिकाको दक्षिणी राज्य केन्टकीमा जिल्ला अदालतका न्यायाधीशलाई गोली हानेर हत्या गरेको आरोपमा लेचर काउन्टीका शेरिफलाई बिहीबार हत्याको अभियोग लगाइएको छ।

लुइसभिल कुरियर जर्नल पत्रिकाका अनुसार लेचर काउन्टीका शेरिफ मिकी स्टाइन्सलाई लेचर काउन्टीको कोर्टहाउसमा गोली हानेको आरोपमा पक्राउ गरिएको हो ।

सीबीएस न्यूजका अनुसार उनीमाथि जानाजानी हत्या गरेको आरोप लगाइएको थियो। प्रहरीका प्रवक्ताले स्टिन्स र न्यायाधीश ५४ वर्षीय केभिन मुलिन्सबीच उनको कार्यकक्षमा भएको विवादपछि गोली चलेको बताएका छन् ।

अनुसन्धानकर्ताहरूले अहिलेसम्म यसको कारण भने सार्वजनिक गरेका छैनन्। केन्टकीका गभर्नर एन्डी बेशियरले एक्समा एक पोस्टमा न्यायाधीशलाई ताकेर गोली हानिएको पुष्टि गरे । “दुःखको कुरा, मलाई लेचर काउन्टीका एक जिल्ला न्यायाधीशलाई उनकै कोठामा गोली हानेर हत्या गरिएको जानकारी दिइएको छ,” बेशियरले भने । 

यसै महिनाको सुरुमा केन्टुकी राजमार्गमा एक व्यक्तिले गोली हानेर पाँच जनालाई घाइते बनाएका थिए । १० दिनको खोजीपछि बन्दुकधारीको शव बुधबार फेला परेको हो ।

सर्वेक्षणले अमेरिकीहरूलाई थप बन्दूक प्रतिबन्धहरूको समर्थन गरेको देखाएपनि बन्दूक राख्न पाउने पक्षमा संवैधानिक संरक्षण र व्यापक दवाव समूहका कारण बन्दूक किन्न र राख्न नपाउने प्रावधानलाई हटाउने राजनीतिक प्रयासले सार्थकता पाउन सकेको देखिँदैन बन्दूक अधिकारको प्रयासहरूले प्रायः कठोर राजनीतिक प्रतिरोधको सामना गर्नुपर्छ । यो मुद्दा प्रायः पछिल्ला अमेरिकी निर्वाचनमा पक्ष वा विपक्षमा मत आकर्षण गर्ने गतिलो एजेन्डा बन्नेगरेको छ । 
रासस  

प्रतिक्रिया