भारतले आज विशाल रकेट चन्द्रमातर्फ प्रक्षेपण गर्दै

चन्द्रयान तीन अभियान चन्द्रमाको मध्यवर्ती भागको अध्ययनप्रति लक्षित

भारतले आज विशाल रकेट चन्द्रमातर्फ प्रक्षेपण गर्दैछ । चन्द्रयान–३ नाम दिएको आफ्नो अभियान अन्र्तगत दिउँसो दुई बजेपछि एउटा ’ल्यान्डर’ र एउटा रोभर चन्द्रमातर्फ पठाउन लागेको हो । भारतको योजना सफल भएमा चन्द्रमाको दक्षिणी ध्रुवमा सकुशल ’रोभर’ पु¥याउने पहिलो देश हुनेछ । भारतले पठाउने ल्यान्डरले चन्द्रमामा विभिन्न प्रयोग र परीक्षण गर्ने अपेक्षा गरिएको भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन ‘इसरो’ले जनाएको छ ।  अहिलेसम्म पठाइएका सबै अभियान चन्द्रमाको मध्यवर्ती भागमा लक्षित रहेका छन । भारतले पहिलो पटक सन् २००८ मा चन्द्रयान एक पठाएको थियो । यो अभियानबाट चन्द्रमाको सतहमा पानीको अस्तित्व रहेको प्रमाणित गरिएको थियो । भारतले सन् २०१९ मा प्रक्षेपण गरेको चन्द्रयान–२ चन्द्रमामा अवतरण हुन सकेको थिएन । चन्द्रयान–३ अभियानका लागि झन्डै ८ करोड डलर खर्च हुने अनुमान छ ।

प्रतिक्रिया