राप्रपा नेतृ खुश्बुले देशव्यापी युवा सम्वाद यात्रा गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य खुश्बु ओलीले देशव्यापी युवा संवाद शुरु गर्ने भएकी छन् । सुदूरपश्चिमबाट सो यात्रा शुरु गर्ने र सातै प्रदेशमा पुग्ने आफ्नो योजना रहेको ओलीले बताइन् । पहिलो चरणमा सुदूरपश्चिमका ९ वटै जिल्ला घुम्ने र स्थानीयसँग अन्तरक्रिया गर्ने योजना रहेको उनले बताएकी छन् ।

उनले भनिन्, ‘आजको सबैभन्दा ठूलो चुनौती भनेको यहाँको जनसंख्यालाई सकेसम्म विदेश जानबाट रोक्नु र सकेसम्म युवा पलायन रोक्नु, उनीहरू आशाको किरण देखाउनु र उनीहरूलाई देशमा नै राख्नु हो ।’

आफू राष्ट्रिय प्रजातन्त्र पार्टी एक जिम्मेवार नेता एवं केन्द्रीय सदस्य भए पनि यो यात्रालाई सबै राजनीतिक दलहरूका युवा र कार्यकर्ताहरूलाई जोड्ने योजना गरेको उनको भनाई छ ।


यात्रालाई राजनीति भन्दा पनि समाजमा रहेका समस्याहरू पहिल्याउने र त्यसलाई सम्बोधन गर्न सम्बन्धित निकायले ध्यान आकृष्ट भएको ओलीको दाबी छ ।

 

प्रतिक्रिया