कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमानलाई

काठमाडौं । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औं अधिवेशनमा भाग लिन न्यूयोर्क प्रस्थान गरेसँगै सिंहलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो । मन्त्रिपरिषदमा सिंह दोस्रो वरीयतामा भएकोले राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीमा सिंहलाई तोकेका हुन्।

प्रधानमन्त्री ओलीसहितको प्रतिनिधि मण्डलको टोली आगामी असोज १४ गते स्वदेश फर्कनेछ।

प्रतिक्रिया