सुनको मूल्य तोलामा १५ सयले वृद्धि

काठमाडौं । लगातार ओरालो लागेको सुनको मूल्य शुक्रबार भने पुनःउकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा  १५ सय रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक लाख ५५ हजार छ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबारको लागि भने एक लाख ५७ हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य शुक्रबार तोलामा ३५ रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला  एक हजार आठ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबारको लागि भने  एक हजार नौ सय १५ रुपैयाँ निर्धारण भएको छ । 
 

प्रतिक्रिया