बन्न थाल्यो रोकिएको बिर्तामोड–चन्द्रगढी सडक

झापा । झापाको बिर्तामोड–चन्द्रगढी सडक निर्माणले गति लिएको छ । 

पटक–पटक म्याद थप्दा समेत काठमाडौंको कन्टेक प्रालिले पूरा गर्न नसकेको बिर्तामोड–चन्द्रगढी सडक निर्माण गर्ने जिम्मेवारी अहिले बिर्तामोडको कञ्चन निर्माण सेवाले पाएसँगै सडक निमार्णले गति लिएको हो । 

केही महिनादेखि अलपत्र अवस्थामा रहेको सडक अहिले धमाधम कालोपत्रे भइरहेको कञ्चन निर्माण सेवाले जनाएको छ । कञ्चन निर्माण सेवाले अलपत्र परेको सडक कालोपत्रे गर्ने जिम्मेवारी पाएपछि अहिले दैनिक रुपमा कालोपत्रे गरिरहेको छ ।  

हालसम्म ठेकेदार कम्पनीले ३८ प्रतिशत मात्र काम गरेको र बाँकी काम समयमै सक्ने जनाएको छ । हाल सो सडक निमार्णकालागि पाँच करोड रुपैयाँ निकासा भएको छ । त्यस बजेटबाट दशैंअगाडि देउनियादेखि धौलापुलसम्मको अधुरा काम पूरा गर्ने लक्ष्य निमार्ण कम्पनीले लिएको छ । 

५८ करोडको लागतमा ठेक्का लागेको उक्त सडकको लम्बाई ८ दशमलब ४१ किलोमिटर रहेको छ । म्याद थप्दासमेत कन्टेकले निर्माण सम्पन्न नगरेपछि स्थानीयले पटकपटक चक्काजाम गर्दै आन्दोलनसमेत गरेका थिए । यसअघि बिर्तामोडको मुक्तिचोकदेखि गरामनीको धौलापुलसम्मको सडक पनि कञ्चन निर्माण सेवाले नै पूरा गरेको थियो । 

ठेक्का लिएका राजकिशोर गुप्ताले अलपत्र छोडेपछि गिरीले नै सो सडकखण्ड पूरा गरेका थिए ।

प्रतिक्रिया