धरहरा अवलोकन गर्नहरुको भीड, आइतबारसम्मका लागि टिकट बुक

काठमाडौं । संविधान दिवसका अवसरमा खुला गरिएपछि धरहरा अवलोकन गर्नहरुको भिड बढेको छ । 

शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका अनुसार एक सातासम्मको लागि अनलाइन टिकट बुक भैसकेको छ । अर्को व्यवस्था नभएसम्मका लागि हरेक दिन छ सय जनाका लागि निःशुल्क रुपमा धरहरा चढ्ने व्यवस्था गरिएको छ । 

आधुनिक धरहरा पुरानोभन्दा फराकिलो छ । बाहिरबाट हेर्दा ११ तलाको देखिने यसको भित्री संरचना २२ तलाको छ । माथि पुग्न दुई वटा लिफ्टको साथै सिँढीको पनि व्यवस्था गरिएको छ । 

४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहरा परिसरमा बगैँचा, सङ्ग्राहलय, प्रदर्शनी कक्ष, पुस्तकालय, पार्किङ स्थल, क्याफे र व्यापारिक पसल पनि क्रमशः सञ्चालन हुने क्रममा रहेका छन् ।

प्रतिक्रिया