एन्फा महिला लिग : एपीएफ र कोशी तथा आर्मी र चन्द्रपुर  खेल्दै

काठमाडौं । एन्फा महिला लिगमा शुक्रबार (आज)देखि सातौं चरणका खेल सुरु हुँदैछन् । 

पहिलो खेलमा आज विभागीय टोली एपीएफ क्लबले कोशी प्रदेशसँग साढे १२ बजे एन्फा मुख्यालयको मैदानमा प्रतिस्पर्धा गर्दैछ । एपीएफ छैठौं चरणसम्म अपराजित छ । उसले ५ खेलमा जित र एक खेलमा बराबरी खेल्दै १६ अंकका साथ शीर्ष स्थानमा  छ । 

यस्तै, कोशी प्रदेश तीन खेलमा जित र एक खेलमा बराबरी खेल्दै १० अंकका साथ पाँचौं स्थानमा छ । प्रतियोगिता अन्तरगत आजै अर्को खेल दिउसो साढे तीन बजे विभागीय टोली त्रिभुवन आर्मीले चन्द्रपुर नगरपालिकाको सामना गर्नेछ । 

प्रतियोगितामा एक खेलमा पराजित आर्मीले एक खेलमा बराबरी गरेको छ । उसले चार खेल जितेको छ । आर्मी १३ अंकका साथ दोस्रो स्थानमा छ । चन्द्रपुर नगरपालिकाले ६ खेल खेल्दा एउटामात्रै जित निकालेको छ । उसले चार खेलमा बराबरी खेलेको छ । ७ अंकका साथ चन्द्रपुर छैठौं स्थानमा छ । 

१० टोली सहभागी प्रतियोगितामा नेपाल पुलिस र वालिङ नगरपालिका अंक तालिकामा क्रमशः तेस्रो र चौथो स्थानमा छ ।

प्रतिक्रिया