लमजुङमा १० जना संविधानसभा सदस्यलाई सम्मान

 लमजुङ ।  संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ का अवसरमा यहाँ १० जना संविधानसभा सदस्यलाई सम्मान गरेका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ जिल्लास्तरीय आयोजक समिति लमजुङले बेँसीसहर नगरपालिका–८ स्थित जिल्ला समन्वय समितिको सभाहलमा आज बिहिबार आयोजित कार्यक्रममा पहिलो संविधानसभा र दोस्रो संविधानसभाबाट निर्वाचित संविधानसभा सदस्य तथा समानुपातिकतर्फका संविधानसभा सदस्यलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा पहिलो संविधानसभामा निर्वाचित हुने सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, नेकपा (माओवादी केन्द्र)का बुद्धिराम गुरुङ, नेकपा (एमाले)डोलबहादुर कार्की, माओवादी केन्द्रका हीमकुमारी सुनार सम्मानित भएका छन् ।

दोस्रो संविधानसभामा निर्वाचित एमालेका जमिन्द्रमान घले, टुकाभद्र हमाल र डा भीष्मनाथ अधिकारी, कांग्रेसका दिलबहादुर घर्ती, चन्द्रबहादुर कुँवर र माओवादी केन्द्रका लालबहादुर गुरुङलाई सम्मान गरेका हुन् । सम्मान कार्यक्रममा दिलबहादुर घर्तीबाहेकको उपस्थिति थिएन ।

रासस
 

प्रतिक्रिया