काठमाडौंमा कवाड व्यवसायिको बृहत भेला सम्पन्न

काठमाडौं । कवाड व्यवसायिहरुको पेशागत सुरक्षा, सम्मान एवं समृद्धिका लागि काठमाडौंको बालाजुमा बिहीबार बृहत भेला सम्पन्न भएको छ । काठमाडौं उपत्यकामा कवाडको व्यवसाय गर्दै आएका व्यवसायी एवं मजदुरहरु सहभागि सो भेलाले एक संघर्ष समिति गठन गरेको छ । 

कवाड व्यवासयीका नेता रामकेवल गुप्ताको अध्यक्षतामा सम्पन्न सो भेलाले कवाड व्यवसायिक संघर्ष समितिको नौं सदस्यीय केन्द्रीय कार्यालय र १ सय १ सदस्यीय केन्द्रीय संघर्ष समिति गठन भएको छ । 

संघर्ष समितिको ९ सदस्यीय केन्द्रीय संघर्ष समितिमा रामकेवल गुप्ता, संजय साह, सरोज श्रेष्ठ, उपेन्द्र साह, जोगिन्दर साह, गोपाल जयसवाल, ओमप्रकाश सिंह, सुरेश साह र रविशंकर साह रहेका छन् । 

यसैगरी केन्द्रीय संघर्ष समितिको सदस्यहरुमा संजय यादव, चन्दन जयसवाल, रामनारायण साह, भुषण जयसवाल, कृष्ण यादव, सुरेश साह, उपेन्द्र जयसवाल, विमल बोहरा, लालबाबु जयसवाल लगायतका रहेका छन् । 

भेलालाई सम्बोधन गर्दै आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले कवाड व्यवसायिहरुको पेशागत सुरक्षा, सम्मान एवं समृद्धिका लागि आफूले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

भेलाको प्रमुख अतिथि समेत रहेका आजपा अध्यक्ष साहले काठमाडौं देशैभरीका जनताको साझा संघीय राजधानी भएको बताउँदै यहाँ स्वतन्त्र रुपमा पेशाव्यवसाय गर्न कसैले रोक्न नसक्ने बताए । कोही कसैले रोके त्यसको प्रतिकार गर्न र सुरक्षाका लागि आफू अगाडी आउँने उनले बताए । 

राज्यलाई कर तिरेर नेपालको कानून अनुसार जोकोहीले पनि काठमाडौंमा पेशाव्यवसाय गर्न सक्ने बताउँदै उनले यहाँ पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कवाड व्यवसायिसंग गरेको मनोमानी आफूलाई स्वीकार नहुने बताए । 

आजपा अध्यक्ष साहले ठुलाठुला तानाशाहहरु मनोमानी र जनताको चाहना एवं आवश्यक्ता विपरित काम गर्दा उनीहरुको शासन व्यवस्था अन्त्य भएको स्मरण गर्दै यस्ता झिनामसिनासँग डराउनुपर्ने अवस्था नरहेको बताए ।

प्रतिक्रिया