संविधान संसाेधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमा हुने नेता महतकाे भनाई

नुवाकोट ।  नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा‍‍.प्रकाशशरण महतले संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमा हुने बताएका छन् । 

संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८१ का अवसरमा जिल्ला मूल समारोह समिति नुवाकोटले बिहीबार तादी गाउँपालिका–३ खरानीटारमा आयोजना गरेको प्रवचन कार्यक्रममा उनले दुई कार्यकालको संविधानसभाले सबै पक्षलाई न्याय हुनेगरी संविधान निर्माण गरेको र यो विश्वमै उत्कृष्ट रहेको दाबी गरे । 

नेता महतले वर्तमान गठबन्धन सरकारले संविधान संशोधनका विषयमा छलफल जारी राखेकाले सहमतिबाट निर्णयमा पुगिने धारणा राखे ।   संविधान संशोधनमा जनताको सुझाव, संसदमा सहमति र सबै राजनीतिक दलगतको छलफलबाट निष्कर्षमा पुगिने उनको भनाइ थियो । 
 

प्रतिक्रिया