राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने सङ्कल्प गरौँ: राष्ट्रपति पौडेल

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो राज्य, राजकाज र राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने सङ्कल्प गर्न अपिल गरेका छन् । 

संविधान दिवस, २०८१ को अवसरमा राष्ट्रपति भवन शीलत निवासमा बिहीबार आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उक्त अपिल गरेका हुन् ।  

राष्ट्रपति पौडेलले समावेशीकरण र सामाजिक न्यायप्रति प्रतिबद्ध रहने तथा हाम्रा विभिन्न जाति, भाषा, धर्म, संस्कृति र सभ्यतालाई साझा बनाउने तेस्रो सङ्कल्प गर्न आग्रह गरे ।  

यी सङ्कल्प गर्दै मुलुकको समृद्धिको यात्रामा अघि बढिरहँदा हामीले ध्यान दिनपर्ने केही महत्वपूर्ण विषय भएको उल्लेख गर्दै उनलेले राज्यलाई अझ लोकतान्त्रिक, न्यायपूर्ण, जनमुखी र सुशासित बनाउन आवश्यक रहेको बताए । 

प्रतिक्रिया