चलचित्र  ‘बेहुली फ्रम मेघौली’ काे ट्रेलर सार्वजनिक

काठमाडौं। बिहीबार काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ। यो चलचित्र असोज १७ गते घटस्थापनाको दिनदेखि प्रदर्शनमा आउने तयारीमा छ। 

लगभग ३ मिनेट १८ सेकेण्डको ट्रेलरमा  ३० वर्ष पुगेकी युवतीको मागी विवाहको प्रयास र असफलताको कथालाई प्रस्तुत गरिएको छ । 

‘बेहुली फ्रम मेघौली’ ब्ल्याक हर्ष पिक्चर्स र मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको हो। चलचित्रमा स्वस्तिमा खड्का, निश्चल बस्नेत, वसुन्धरा भुसाल, विजय बराल, सिमरन खड्का, भोला सापकोटा, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिस्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली, र रामबाबु रेग्मीको अभिनय रहेको छ।

चलचित्रको लेखन तथा निर्देशन साजन काफ्ले र आकाश बरालले गरेका छन्।  कार्यकारी निर्मातामा फिरोज खड्का र शङ्कर पाण्डे रहेका छन्। चलचित्रको छायाङ्कन नरेन्द्र मैनालीले गरेका हुन् भने सम्पादन निमेष श्रेष्ठले गरेका छन्।

प्रतिक्रिया