इजरायल विरुद्ध कडा अडान लिन संयुक्त राष्ट्र संघलाई लेवनानको आग्रह

काठमाडौं । लेबनानका प्रधानमन्त्री नजिब मिकातीले संयुक्त राष्ट्र संघलाई इजरायल विरुद्ध “कडा अडान लिन“ आह्वान गरेका छन् । 

लेवनानमा मंगलबार र बुधवार भएको श्रृखलावद्ध वाकीटकी र पेजर विस्फोटबाट ३७ जनाको मृत्यु र ४ हजार मानिस घाइते भएपछि लेवनानका प्रधानमन्त्रीले यसो भनेका हुन् । इजरायल लेवनानको हिजबुल्लाह लडाकुको संचार उपकरणको भित्री भागसम्म पुगेर आक्रमणमा उत्रिएको मिकातीको दाबी छ ।

वाकीटकी र पेजर विस्फोटमा इजरायलको जासुसी   एजेन्सी  मोसादको हात रहेको उनको भनाई छ ।   मिकातीले एक विज्ञप्तिमा इजरायलले प्राविधिक युद्ध छेडेको आरोप लगाएका छन् । इजरायली आक्रमणलाई रोक्नु लेबनानको मात्र नभई सम्पूर्ण मानवताको लागि भएको पनि उनको भनाई छ । संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठक  शुक्रबार बस्दैछ । त्यसअघि लेवनानी प्रधानमन्त्रीले यस्तो बताएका हुन् । इजरायलले भने वाकीटकी र पेजरहरूमा भएको आक्रमणको बारेमा टिप्पणी गरेको छैन।

इजरायलमाथि गत वर्ष अक्टोबर ७ मा प्यालेष्टिनी लडाकू समूह हमासले एक्कासी आक्रमण गरेपछि  इजरायलले हमासमाथि आक्रमण शुरु गरेको थियो । अक्टोबर ७ मा हमासका लडाकु इजरायलमा छिरेर १२ सय भन्दा बढी इजरायली नागरिकको निर्मम तरीकाले हत्या गरेका थिए । २५० जना इजरायली नागरिकलाई हमासले अपहरण समेत गरेको थियो । त्यसमा नेपालका बिपिन जोशी समेत रहेका छन् । केहीलाई छोडे पनि अझै धेरैको अवस्था अज्ञात छ । इजरायलको आक्रमणमा पनि ४० हजार प्यालेष्टिनीको मृत्यु हमासको दाबी छ । 

आफ्नो देशमाथि भएको आक्रमणको  बदलामा हमासमाथि इजरायलले युद्ध शुरु गरेको थियो । हमासलाई हतियार लगायत बिभिन्न युद्धका सामग्री उपलब्ध गराउन बिभिन्न देशमा रहेका मुस्लिम लडाकूहरुले सहयोग गरिररहेको इजरायलले अनुसन्धानमा पत्ता लगाएपछि लेवनानको हिजबुल्लाह लक्षित आक्रमण गरेको हो
 

प्रतिक्रिया