संविधान दिवसका अवसरमा शीतल निवासमा रात्रिभोज

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा रात्रिभोज आयोजना गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित भोज तथामा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई उपस्थित छन् । मन्त्रीहरू, विदेशी राजदूतलगायतको पनि सहभागिता छ ।  

प्रतिक्रिया