चीनमा १० वर्षिय जापनिज विद्यार्थीको हत्या

एजेन्सी । दक्षिणी चीनमा आफ्नो विद्यालय नजिक १० वर्षीय जापानिज विद्यार्थीमाथि एक ४४ वर्षिय चिनियाँ ब्यक्तिबाट छुरा प्रहार गरिएको छ । 

बुधवार छुरा प्रहारबाट गम्भीर घाइते भएका उनको बिहिबार मृत्यु भएको थियो । चीनको सेन्जेन जापानीज स्कुलमा भर्ना भएका बालकको बिहीबार बिहानै मृत्यु भएको जापानी अधिकारीहरूले बताएका छन् । उनको आक्रमणकारी, झोङ उपनामका ४४ वर्षीय पुरुषलाई घटनास्थलबाटै पक्राउ गरिएको स्थानीय प्रहरीले जनाएको छ ।
जापानी प्रधानमन्त्री फुमियो किशिदाले आक्रमणलाई अत्यन्त घृणित भनेका छन् । उनले जापानले चीनलाई जति सक्दो चाँडो स्पष्टीकरणको लागि जोडदार आग्रह गरेको बताएका छन् ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले घटनाको अनुसन्धान भइरहेको र चीन र जापान सम्पर्कमा रहेको बताए ।यो  दुर्भाग्यपूर्ण घटना भएकोमा चीनले खेद र दुःख व्यक्त गरेको  उनले बिहीबार पत्रकार सम्मेलनमा  भने।
 

प्रतिक्रिया