शेरबहादुर देउवा रिसाएको एक मिनेटमा सरकार ढल्छ: रवि लामिछाने

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेस सभापति शेरबहादुर देउवा रिसाएकै दिन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने बताएका छन्।

रास्वपाको संविधान मन्थन, व्यवस्थाको स्थायित्व र नागरिकको अपेक्षाबारे आयोजित कार्यक्रममा बोल्दै दुईतिहाइ शक्ति भएको सरकारमा पनि आत्मविश्वास नदेखिएको टिप्पणी गरे।

“सरकार दुईतिहाइको छ, जनतामा आशा पलाउनुपर्ने हो, मन्त्रीहरूमा चार्मिङ आउनुपर्ने हो । तर, खै देखिँदैन त । दुईतिहाइ सरकारको प्राथमिकता के रु संविधान संशोधन गर्छु भनेर आफ्नो राजनीतिक सौदाबाजी गर्ने ? दुईतिहाइको सरकारमा आत्मविश्वास, बल केही छैन ।”

उनले शेरबहादुर देउवा रिसाएको एक मिनेटमा सरकार ढल्ने बताए । “फ्र्याङ्क्ली भन्छु, शेरबहादुर देउवा रिसाएको एक मिनेटपछि सेकेन्डभरमा यो सरकार ढल्छ । अस्थिरता यहाँबाट सुरु हुन्छ,” उनले भने ।

यसका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको प्रणालीमा जानुपर्ने उनले बताए । 

प्रतिक्रिया