जनताको अपेक्षा र देशको आवश्यकताअनुसार संविधान संशोधन हुन्छ: ऊर्जामन्त्री खड्का

काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले संविधान अनुकूल कानुन निर्माणमा सरकार जुटिरहेको बताएका छन् । 
    

नेपाली रेडियो नेटवर्कको आठौँ स्थापना दिवसका अवसरमा बिहीबार आयोजित ‘संविधानका नवौँ वर्ष’ विषयक अन्तरक्रियामा सरकारले उनले आवश्यक  कानुन निर्माणलाई प्राथमिकता दिएको उल्लेख गरे । 

ऊर्जामन्त्री खड्काले संविधान स्थायी दस्तावेज नभएकाले जनताको अपेक्षा र देशको आवश्यकताअनुसार संविधान संशोधन गर्न सकिने उल्लेख गरे ।  संविधानको रक्षाका लागि सबै दल मिल्नुपर्ने उनको भनाई थियो । 

मन्त्री खड्काले जनतामा देखिएका निराशालाई चिर्दै देशको आर्थिक विकासका लागि सरकारले काम गरिरहेको उल्लेख गरे ।  उनले विभिन्न दलका नेता र सरकारका बारेमा प्रश्न उठे पनि सङ्घीयताको नाममा भने प्रश्न नउठेको बताए । 
 

प्रतिक्रिया