शेयर बजारमा दोहोरो अंकले गिरावट

साताको अन्तिम कारोबार दिन आज शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार परिसूचक १२.६२ अंकले घटेर दुई हजार ८४ अंकमा पुगेको हो ।  परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । हिजो ३ अर्ब १८ करोडको कारोबार भएकोमा आज ३ अर्ब ३९ करोडको कारोबार भएको छ । आज १ सय ६५ कम्पनीको मूल्य घटेको छ ।  ५४ को बढ्यो छ भने पाँच वटाको स्थिर रहेको छ । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सोल्टी होटल, हिमालयन लाइफ इन्स्योरेन्स, नेपाल टेलिकम र चिलिमे हाइड्रोपावर क्रमशः अगाडि रहे । ऋणपत्र तथा सामूहिक लगानीकोषका इकाईहरु मूल्य बढेका सूचीमा अघि रहे । पिपुल्स हाइड्रोपावरको ६ तथा हिमालयन पावरको ५.८ प्रतिशत मूल्य घट्ेको छ ।  आज बैंकिङ ३.७ र होटल तथा पर्यटन १० अंक बढे पनि बाँकी सबै उपसमूह घटेका छन । विकास बैंक ६३, फाइनान्स ३९, जलविद्युत् ४५, जीवन बीमा १३५, उत्पादन ३६, माइक्रोफाइनान्स १.९, निर्जीवन बीमा १ सय १३, अन्य १२ र व्यापार उपसमूह ४४ अंक घटेका छन । 

प्रतिक्रिया