सिन्धुलीमा चाडपर्व लक्षित सवारी दुर्घटना रोकथाम अभियान

काठमाडौं । सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीबाट चाडपर्व लक्षित सवारी दुर्घटना रोकथाम अभियान थालिएको छ ।

ठुला चाडपर्वहरु दशै तिहार छठपर्वमा जिल्लाको वीपी, मध्यपहाडी र मदन भण्डारी राजमार्गमा सवारी दुर्घटना हुन नदिने उदेश्यले ती सडकमा सवारी दुर्घटना रोकथाम अभियान शुरुवात गरिएको हो । 

कार्यक्रमका अवसरमा चाडपर्व लक्ष्यित सवारी दुर्घटना रोकथाम अभियानलाई सफल पार्नकालागि सार्वजनिक सवारीका साधनहरुका चालक तथा सहचालकहरुलाई प्रतिबद्धतामा हस्ताक्षर गराईएको छ । नेपालीहरुको मुख्य चाडपर्वका अवसरमा राजमार्गहरुमा सवारी दुर्घटना रोक्नकालागि  जिल्ला प्रहरी कार्यालयको समन्वयमा जिल्ला ट्राफिक प्रहरीले सो अभियानको थालनी गरेको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लिलारा शर्मा र प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले  बताए । 

मुख्य चाडपर्वमहरुमा राजमार्गमा हुने सवारी दुर्घटना न्युनिकरण गर्न सवारी चालक,सहचालक तथा यात्रुहरु समेत सचेत भै ट्राफिक नियमहरुको कडाईका साथ पालना गर्नु सबैले प्रतिबद्धता जनाएका थिए । चाडपर्व लक्ष्यित सवारी दुर्घटना रोकथाम अभियान ट्राफिक पह्रीले सबै राजमार्गहरुमा सचालन गर्ने ट्राफिक प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया