संविधानले मदरसा शिक्षालाई मूलधारमा समेटेको भन्दै मुस्लिम अगुवाहरुद्वारा खुशी व्यक्त

काठमाडौं । संविधानले मुस्लिम धर्म अनुसार अध्ययन अध्यापन हुने मदरसा शिक्षालाई पनि मूलधारमा ल्याई समेटेको भन्दै मुस्लिम अगुवाहरुले खुशी ब्यक्त गरेका छन् । 

संविधान दिवस २०८१ को अवसरमा रुपन्देहीको सिद्धार्थनगर नगर पालिका वडा नम्बर १ मा रहेको जामिया कमरुन निशा निस्वाँ कलेजमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा मुस्लिम अगुवाहरुले संविधानले सबैलाई समेटेको भन्दै खुशी ब्यक्त गरेका हुन् । नेपालको संविधानले देशमा बसोबास गर्ने सबै जाती र धर्मका नागरिकलाई समावेश गरेको सहभागीको भनाइ थियो । 

कपिलबस्तुमा मदरसा मुठ्ठि दान, दस्वा, बिस्वा लगायतको दानबाट मदरसा सञ्चालन भई रहेका छन । स्थानिय तहको पहिलो कार्यकालमा मदरसामा केही अनुदान पाए पनि अहिलेको स्थानिय तहले कुनै सहयोग नगरेको गुनासो पनि मदरसा व्यवस्थापन समितिले जनाएको छ । 

संविधान दिवस समारोहमा रोहिणी गाउँपालिकाका पूर्व अध्यक्ष सनोज कुमार यादवले मदरसा शिक्षाले धर्म, संस्कृतिको साथै नैतिक शिक्षालाई बढावा दिन पहल गर्ने बताए ।
 

प्रतिक्रिया