प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति नभएसम्म राजनीतिक स्थिरता हुँदैन: बाबुराम

काठमाडौ । नेपाल समाजवादी पार्टी नेसपाका अध्यक्ष बाबुराम भट्टराईले पहिचानका पाँच र सामाथ्र्यका चार आधार समेट्दै प्रदेशको संरचना दसवटा हुनुपर्ने बताएका छन् । संविधान दिवसका अवसरामा उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा नगएसम्म राजनीतिक स्थिरता नहुने बताएका हुन । पूर्व प्रधानमन्त्री समेत रहेका नेता भट्टराईले पूर्ण समानुपातिक तर प्रत्यक्ष निर्वाचित संसदका साथै संविधानको मर्म र महत्व बुझ्नेले शासन नचलाएसम्म लेखिएअनुरूप संविधान कार्यान्वयन नहुने उल्लेख गरेका हुन् । 
पूर्व प्रधानमन्त्री भट्टराईले नेपालको शासकीय स्वरूप र निर्वाचन प्रणालीमा त्रुटि रहेको बताएका हुन । जिल्ला अदालतलाई हटाएर स्थानीय अदालत बनाउनुपर्ने र प्रतिनिधि सभा र प्रदेश सभा पूर्ण समानुपातिक बनाउनुपर्ने उनको मत छ । भट्टराईले नेपाली कांग्रेस र नेकपा एमालेले उठाएको संशोधनको विषयमा पनि शंका व्यक्त गरे।का छन । विगतमा संविधान निर्माणताका संघीयताको पक्षमा नदेखिएका कांग्रेस–एमालेले बलमिच्याइँ गरेर सात प्रदेशमात्र बनाएको उनको भनाइ छ । अहिले दुई दलले केलाई संशोधन गर्न खोजेको हो भन्ने स्पष्ट नभइसकेको भट्टराईले बताएका छन् । 

प्रतिक्रिया