प्रहरीको 'मष्टवान्डेट' सूचिमा रहेका चार जना विहारवाट पक्राउ

काठमाडौ । नेपाल प्रहरीको सर्वाधिक खोजीको सूचि ‘मोष्टवाण्टेड’मा रहेका चार जनालाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले भारतको विहार राज्यको मुजफरपुरबाट पक्राउ गरेको छ ।  पक्राउ  पर्नेमा वर्दिवास  नगरपालिका ६ किसान नगरका मनोज साह सर्लाहीको हरिपुर्वा नगरपालिका ३ बसतपुरका उदय नारायण साह, भारतको विहार राज्यको शिवहरका इदरिस नट र बेतियाका संजय नट रहेको  जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । उनीहरु लामो समयदेखि प्रहरीको  सर्वाधिक खोजी सूचीमा रहेका थिए । मनोज साहमाथि ९ वटा,  उदयनारायण साहमाथि २ वटा, इदरिस नटमाथि  ६ वटा र  संजय नटमाथि २ वटा डाँका लुटपाट गोली प्रहार संगठित अपराध, हातहतियार, चन्दाआंतक, कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग लगायका मुद्घा धनुषा, महोत्तरी, सर्लाही जिल्ला र भारतमा रहेका छन् । उनीहरुले बर्दिवासमा ९ लाख ६० हजार रुपैयाँ लुटेको पर्सा टोलमा सुनचाँदी पसलमा गोली प्रहार गरी सुनचाँदी रकम लुटपाट गरेको  र शुभ श्री बचत तथा ऋण सहकारी संस्था रघुनाथपुर धनुषाको ८० लाख रुपैयाँ लुटेको प्रहरीले जनाएको छ । मुजफरपुरमा पक्राउ परेका उनीहरुलाई नेपाल प्रहरीले भारतकै विहार राज्यको सितामढी जिल्ला अन्र्तगत बथनाहा प्रहरी चौकीमा बुझाएका थिए । बथनाहा प्रहरी चौकीले उनीहरुलाई डुमरा कारागार चलान गरेको छ । 

प्रतिक्रिया