पलेसालाई बागमती प्रदेश सरकारद्धारा १० लाखसहित सम्मान

काठमाडौ । बागमती प्रदेश सरकारले पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक पदक दिलाएकी पलेसा गोवर्द्धनलाई सम्मान गरेको छ। बिहीबार बागमती प्रदेशको राजधानी हेटौँडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा विशेष कार्यक्रमको आयोजना गर्दै पलेसालाई नगद १० लाखसहित सम्मान गरिएको हो ।

पलेसासँगै उनका प्रशिक्षक कविराज नेगीलाई पनि सम्मान गरिएको छ। प्रशिक्षक नेगीलाई भने नगद दुई लाख रुपैयाँसहित सम्मान गरिएको हो । यसैगरी, नेपाल तेक्वान्दो संघ बागमती प्रदेशलाई पनि एक लाख नगदसहित सम्मान गरिएको छ ।

पलेसाले पेरिस पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी थिइन्। 

प्रतिक्रिया