संविधानको विरुद्धमा प्रदर्शन गरेको आरोपमा ७ पक्राउ

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि संविधानको विरुद्धमा प्रदर्शन गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

संसद् भवनको तिन नम्बर गेट नजिकैबाट पक्राउ गरिएको हो । पक्राउ परेकाहरूलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेका छन् ।

उनीहरू धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताहरू रहेको खुलेको छ। सरकारले आज सबिधान दिवस मनाइरहेको छ ।

विभिन्न समूहले संविधानको विरुद्धमा प्रदर्शन गरिरहेका छन् । 
 

प्रतिक्रिया