नदी मापदण्डविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । उपत्यकामा खोला किनारामा २० मिटर मापदण्ड कायम गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध माइतीघरमा विरोधी नारा लगाएका छन्। राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति पार्टी, नदीको मापदण्ड नबढाउन माग गर्दै माइतीघर पुगेकाहरुले संविधान विरोधी नारा लगाएका हुन् ।प्रदर्शनकारी केहीबेर सडकमै सुतेका थिए । प्रदर्शनमा राजेन्द्र महतो, सुमन सायमी लगायतले सडकमा नै सुतेर विरोध प्रदर्शनमा सहभागिता जनाएका थिए ।
‘गैर न्यायिक नदी थप २० मिटर मापदण्ड खारेज गर’, ‘मापदण्डका नाममा जनतालाई उठिबास गर्न पाइँदैन’, ‘गैर न्यायिक मापदण्डको नाममा राज्यद्वारा लुटिएको भूमि फिर्ता गर’, ‘जनतालाई उठिबास गर्ने गैर न्यायिक सडक तथा खोला मापदण्ड खारेज गर’, ‘आदिवासीको अधिकार सुरक्षित गर’, ‘खोलानदीको मापदण्ड खारेज गर’ लेखिएको प्लेकार्ड उनीहरूले बोकेका थिए ।
सर्वोच्च अदालतले बागमती, विष्णुमतीलगायत नदी किनारका हाल २० मिटर खुला क्षेत्र रहेकामा थप २० मिटर छाड्न आदेश दिएको थियो । उक्त आदेश अनुसार आफूहरुको घरबास गुम्ने भन्दै नदी किनारका बासिन्दा प्रदर्शनमा आएका हुन् ।

प्रतिक्रिया