श्रीलंकाको प्रस्तावित राजदूत भट्टराईको शैक्षिक योग्यता भेटिएन

काठमाडौं । श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको न्यूनतम शैक्षिक योग्यता नपुग्ने देखिएको छ । सरकारले श्रीलंकाका लागि प्रस्तावित गरेको भट्टराईले स्नातक पास गरेको प्रमाणपत्र संसदीय सुनुवाइ समितिले नभेटेपछि  शैक्षिक योग्यता नपुग्ने देखिएको हो ।  

समितिको बिहीबारको बैठकमा सभापति ईश्वरीदेवी न्यौपानेले श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईको स्नातक गरेको प्रमाणपत्र नभेटिएको अवस्थामा के गर्ने भनी समिति सदस्यहरूलाई छलफल गर्न भनेकी छन् । उनलाई राजदूतमा अनुमोदन गर्दा राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ विपरीत हुने कि नहुने भन्ने विषयमा छलफल भइरहेको छ । 

निर्देशिकामा राजदूत पदमा नियुक्त हुनका लागि स्नातक पास गरेको हुनुपर्ने व्यवस्था गरिएको छ । अन्य देशका लागि   प्रस्तावित १६ जना राजदूतहरूको नाम भने समितिले  बहुमतले अनुमोदन गरेको छ ।१७ जना प्रस्तावित भएकोमा श्रीलंकाका लागि प्रस्तावित  भट्टराईको स्नातक तहको प्रमाणपत्र नभेटिएपछि अर्को बैठकमा मात्र निर्णय हुने भएको छ ।   

प्रतिक्रिया