नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका केशव तुलाधर पक्राउ परेका छन् । प्रहरीले काठमाडौं–१६, नयाँबजारका ५९ वर्षीय  तुलाधरलाई पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तुलाधरलाई काठमाडौंको सानो भ¥याङबाट पक्राउ गरेको हो । तुलाधरलाई ठगी तथा संगठित अपराधको असुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको छ । तुलाधर पक्राउ परेसँगै पक्राउ पर्नेको संख्या २० पुगेको छ । १० जना अझै फरार रहेका छन् । 
 

प्रतिक्रिया