माइतीघरमा नेल लगाएका युवाहरूको प्रदर्शन, 'दलितलाई खै'

काठमाडौँ ।'दलितलाई खै' अभियानका युवाहरूले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्। संविधानले दलित समुदायको अधिकारका लागि विभिन्न हक र अधिकारको व्यवस्था गरे पनि सरकारले तिनको कार्यान्वयन नगरेको भन्दै  युवाहरूलेले बिहीबार माइतीघरमा प्रदर्शन गरेका हन् । ४४ दिनदेखि  'दलितलाई खै' उल्लिखित प्लाकार्ड बोकेर माइतीघरमा धर्ना दिँदै आएका खगेन्द्र सुनारको आह्वानमा युवाहरू बिहीबार काठमाडौंमा भेला भएका  हुन्। 

प्रदर्शनमा मुलुकका विभिन्न जिल्लाबाट समेत आएका छन् । सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलित समुदायलाई विभेद गरिएको भन्दै अभियानले प्रदर्शन गरेको हो । पछिल्लो पटक मन्त्रिपरिषद् गठन असमावेशी भएको, डेढ दर्जन राजदूत नियुक्ति गर्दा समेत समावेशी व्यवस्थालाई बेवास्ता गरिएको, जातीय भेदभाव र छुवाछुतको निर्मूल पार्नका लागि सरकारले प्रभावकारी कानुन, नीति कार्यक्रम र बजेटको समेत प्रबन्ध नगरेको भन्दै युवाहरूले  विभिन्न प्ले(कार्डसहित र्‍याली निकालेर दलितलाई खै रु भन्दै प्रदर्शन गरे, सरकारलाई प्रश्न गरे । दलितका लागि दलित अभियानका संयोजक सुनारले करिब एक महिनादेखि माइतीघर मण्डलामा शरीरमा नेल लगाएर दलितलाई खै भन्दै प्रदर्शन गर्दै आएका थिए । प्रदर्शनमा खगेन्द्रबाहेकका अन्य युवाहरू पनि नेल लगाएर उपस्थित भएका छन्। 

प्रतिक्रिया