समाजवादको पक्षमा देशव्यापी जनजागरणको लहर सिर्जना गर्नुपर्छ: झलनाथ खनाल

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले वास्तविक समाजवादको पक्षमा देशव्यापी जनजागरणको लहर सिर्जना गर्नुपर्ने बताएका छन् । 

संविधान दिवसका अवसरमा बिहीबार एक शुभकामना सन्देश जारी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले नेपाली जनताको विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न समाजवादको कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।  

जनता र राष्ट्रका समस्याहरू पुँजीवादले समाधान गर्न नसक्ने बताउँदै उनले संविधानका प्रगतिशील पक्षहरू लागू गरेर देश विकास गर्न संविधानमा उल्लिखित समाजवादलाई कार्यान्वयन गरी उत्पादन वृद्धि गर्नुपर्ने बताए । 
 

प्रतिक्रिया