क्याप्चर द फ्ल्याग फाइनलमा नेपाली टोली 'Hack@Sec'

काठमाडौ। नेपालको पाँच सदस्यीय एथिकल ह्याकर टोली टोली'Hack@Sec' ले विश्वस्तरीय ह्याकिङ प्रतियोगिता 'क्याप्चर द फ्ल्याग' (सीटीएफ) को फाइनलमा प्रवेश गरेको छ । सेप्टेम्बर २ मा सम्पन्न अनलाइन छनोट चरणमा टोलीले १,५०० टिममध्ये ३७ औं स्थान हासिल गर्दै फाइनलमा प्रवेश गरेको हो। 
 ब्ल्याक ह्याकेट एमईए, साइबर सेक्युरिटी, प्रोग्रामिङ, ड्रोन (एसएएफसीएसपी), र फ्ल्यागयार्डका लागि साउदी महासंघ निर्णायक रहेको प्रतियोगितामा ५,३०० भन्दा बढी ह्याकरहरूले भाग लिएका छन् । प्रतियोगिता १,००० भन्दा बढी टिमहरूसँग प्रतिस्पर्धा गरेर २०० टिम मात्र फाइनल चरणमा प्रवेश गरेका छन् ।  । Hack@Secले अब २०० भन्दा बढी टिमहरूसँग प्रतिस्पर्धा गर्नेछ।

'Hack@Sec' टोलीमा विशाल अर्याल, प्रशान्त श्रेष्ठ, रोमियो कार्की, अनिश भट्टराई, र प्रदीप भट्टराई रहेका छन्। फाइनल नोभेम्बर २६,२८ मा साउदी अरेबियाको रियाद एक्सपो एण्ड कन्फरेन्स सेन्टरमा हुनेछ । फाइनल चरणमा टोलीले आयोजकहरूद्वारा प्रदान गरिएका प्रणालीहरूमा कमजोरी पहिचान गरी अंक संकलन गर्नुपर्नेछ।

नेपालको साइबर सुरक्षा क्षमतालाई विश्व सामु देखाउन पाउँदा गर्व लागेको भन्दै नेपाली टोलीका प्रमुख विशालले यसले भावी पुस्तालाई समेत  प्रेरित गर्ने बताए । 
उनले भने, “नेपालको साइबर सुरक्षा क्षमतालाई विश्व मञ्चमा देखाउन पाउँदा हामी गर्व गर्छौं। यस प्रतियोगितामा छनोट हुनु सबै नेपालीका लागि गौरवको विषय हो र यसले भावी पुस्तालाई एथिकल ह्याकिङमा संलग्न हुन प्रेरित गर्नेछ । हामी स्पोन्सरशिप लागि पनि खुला छौं र भिजुअल वा अन्य माध्यमबाट हाम्रा स्पोन्सरशिपहरूलाई प्रोमोशन गर्न पाउँदा खुसी छौं।”

 

प्रतिक्रिया