आजपनि घट्यो सुनको मूल्य

काठमाडौं । उच्च मूल्यको कीर्तिमान कायम गरेको सुनको मूल्य लगातार ओरालो लागेको छ । यसै क्रममा बिहीबार सुन प्रतितोला आठ सय रुपैयाँले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला  एक लाख ५६ हजार चार सय रुपैयाँमा कारोबार भएको छापवाला सुनको मूल्य बिहीबारका लागि एक लाख ५५ हजार छ सय रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । बुधबार प्रतितोला  एक हजार आठ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी  बिहीबारका लागि  एक हजार आठ सय ८० रुपैयाँ निर्धारण भएको छ ।
रासस

प्रतिक्रिया