३६ उपसचिवको सरुवा, १२ जिल्लाका प्रमुख अधिकारी फेरिए (सूचीसहित)

काठमाडौ । गृह मन्त्रालयले ३६ जना उपसचिवको सरूवा गरेको छ। बुधबारको निर्णयअनुसार गृहमन्त्रालय तथा अन्तर्गतका कर्मचारीहरूको सरूवा भएको हो। मन्त्रालयले सरूवा गरिएका उपसचिवहरूको सूची सार्वजनिक गरेको छ।

१२ जनाको प्रमुख जिल्ला अधिकारीको रूपमा सरूवा भएको छ। रसुवामा अर्जुन पौडेल, जुम्लामा रामबहादुर शाही, रामेछापमा राजुप्रसाद पौडेल, रोल्पामा रोमबहादुर महतलाई प्रमुख जिल्ला अधिकारी बनाइएको छ।

त्यस्तै, बझाङमा ओमप्रसाद भट्टराई, बाजुरामा मेघनाथ पाध्या, मनाङमा मातृका आचार्य, मुगुमा कमलप्रसाद पाण्डे, पूर्वी रुकुममा रुद्रप्रसाद न्यौपाने, दैलेखमा नवराज जैसी, हुम्लामा नारायण पाण्डेय, मुस्ताङमा विष्णुप्रसाद भुसालले प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएका छन्। 

त्यस्तै १२ जनाको सहायक प्रमुख जिल्ला अधिकारीको रूपमा सरूवा भएको हो।

प्रतिक्रिया