धिरज र उपासनाको ‘खुस्मा’ आजदेखि प्रदर्शन

काठमाडौं । अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको शीर्ष भूमिका रहेको फिल्म  ‘खुस्मा’ आजबाट प्रदर्शनमा आएको छ।

संविधान दिवसको अवसर पारेर फिल्म प्रदर्शनमा आएको हो । अशोक थापा मगरको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा धिरज र उपासनासहित माओत्से गुरूङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरूण मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायत कलाकारहरूले अभिनय गरेका छन् । 

मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित फिल्ममा जनयुद्धको प्रभावकाबीच अंकुराएको प्रेमलाई पर्दामा देखाएको छ।  वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर निर्माता रहेको फिल्ममा सह–निर्माता सुस्मिता बुढाथोकी हुन् ।

प्रतिक्रिया