अमेरिकाको केन्द्रीय बैंकले घटायो ब्याजदर

एजेन्सी । अमेरिकाको केन्द्रीय बैंक फेडेरल रिजर्भले ब्याजदर आधाले घटाएको छ । 

फेडेरल रिजर्भका अध्यक्ष जे पावेलले कामदार बजार र अर्थतन्त्र ‘सोलिड’ रहेको बताए । ब्याजदरमा ठूलो कटौती गरेर यसलाई आफूहरूले नियन्त्रणमा राख्न खोजेको उनको भनाइ थियो । कोरोना महामारीको सुरुवातदेखि नै अमेरिकी अर्थतन्त्रलाई कमजोर बनाएको बढ्दो मुद्रास्फीति धेरै हदसम्म नियन्त्रणमा आएको छ । तर, अझैपनि फेडको लक्ष्यअनुसार २ प्रतिशतमा आइनसकेको पावेलको भनाइ छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अर्थव्यवस्थालाई थप मन्दीबाट आराम दिन डिजाइन गरिएको कदमको रुपमा ब्याजदर समायोजन गरिएको हो । केन्द्रीय बैंकले रोजगारी सिर्जना सुस्त भएको उल्लेख गर्दै मुद्रास्फीति भने २ प्रतिशत लक्ष्यको नजिक रहेको बताएको छ ।

अमेरिकी राष्ट्रपति पदकी उम्मेदबार कमला ह्यारिसले केन्द्रीय बैंकको निर्णय उच्च मूल्यवृद्धिको सामना गरिरहेका अमेरिकीहरूका लागि सुसमाचार भएको उल्लेख गरेकी छन् । रिपब्लिकन उपराष्ट्रपति पदका उम्मेदवार जेडी भान्स फेडको निर्णयमा असहमति जनाएका छन् ।

प्रतिक्रिया