म्यानमामा विषाक्त खाना खाँदा एक सयभन्दा बढी अस्पताल भर्ना

एजेन्सी । म्यानमाको नेपी तावको तात्कोन टाउनसिपको चौङचार गाउँका एक सय भन्दा बढी व्यक्तिलाई खानामा विषाक्तताका कारण अस्पताल भर्ना गरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यामका अनुसार सोमबार  बिहान १७ शुभेच्छुकहरूले दान गरेको बिर्यानी, कुखुराकाे मासु, आलु र  अण्डाको करी खाँदा बाढी प्रभावित चौङचरका गाउँलेहरूमा बान्ता, पखालाजस्ता लक्षण देखाएको मुलुकको राज्य प्रशासन परिषद्को सूचना  टोलीले बुधबार जानकारी दिएको छ ।

बुधबारसम्म सबै प्रभावित व्यक्तिको अवस्था स्थिर छ । स्वास्थ्य मन्त्रालयले दाताहरूलाई बाढीपीडितहरूलाई तातो र ताजा खाना उपलब्ध गराउन, दान प्रक्रियामा पर्यवेक्षण र व्यवस्थापन टोलीसँग काम गर्न आग्रह गरेको छ ।
 

प्रतिक्रिया