एनएसए कप पौडी प्रतियोगित असोज १३ र १४ गते

काठमाडौं । १२ औं एनएसए कप पौडी प्रतियोगिता असोज १३ र १४ गते हुने भएको छ । 

नेपाल पौडी संघले बुधबार पत्रकार सम्मलेन गर्दै सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको आउटडोर पौडी पोखरीमा प्रतियोगिता सञ्चालन हुन लागेको जानकारी दिएको हो ।

प्रतियोगितामा विभिन्न विद्यालय, पौडी क्लब र प्रदेशबाट कुल तीन सय ५० खेलाडीले प्रतिस्पर्धा गर्ने संघले जानकारी दिएको छ । खुला र विभिन्न उमेर समूह  गरी कुल ७२ वटा स्पर्धामा प्रतिस्पर्धा हुनेछन् । प्रतियोगिता मार्फत नयाँ प्रतिभाको प्रस्फुटन, उत्कृष्ट खेलाडीको मनोबल र उमेरसमूहमा पौडी खेलको पहुँच लगायत अपेक्षा संघको छ । 

राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीलाई नयाँ कायम समयका आधारमा पुरस्कृत गरिने पनि संघले जनाएको छ । तीन सेकेन्डभन्दा माथि राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीले २० हजार नगद पुरस्कार प्रदान गरिने संघले उल्लेख गरेको छ । प्रत्येक उमेरसमूह र खुलामा सहभागी खेलाडीमध्ये उत्कृष्ट महिला र पुरुष खेलाडीले जनही पाँच हजार नगद पुरस्कारको पाउनेछन् । वर्ष उत्कृष्ट एक खेलाडीलाई विशेष पुरस्कारबाट सम्मानित गरिनेछ ।
 

प्रतिक्रिया