एभिन्युज खबरकाे पहलमा ७० वर्षीया रम्भादेबीले पाइन् उपचार

काठमाडौं । आर्थिक अभावका कारण आफ्नो रोग लुकाएर बस्न बाध्य सुनवर्षीकी ७० वर्षीया रम्भादेबी माझीको सफल उपचार एभिन्युज खबरको पहलमा सम्पन्न भएको छ ।

एभिन्यूजको सामाजिक उत्तरदायित्व अभियान अन्र्तगत बिराटनगरको पारस अस्पतालमा माझिको पायल्सको सफल शल्यक्रिया गरिएको हो । 

पारस अस्पतालका प्रमुख डाक्टर सफिउर रहमानले रम्भादेबी माझिको सम्पूर्ण उपचार निःशुल्क गरिएको जानकारी दिए । त्यस्तै अस्पतालले खाना, औषधि, र लुगा समेत निःशुल्क उपलब्ध गराएको थियो । एभिन्युज टेलिभिजनले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै माझिको उपचारमा पहल गरेको हो । 

आर्थिक कठिनाइका कारण उपचार पाउन नसकेकी माझिको अवस्था टेलिभिजनले सार्वजनिक गरेको थियो । 

प्रतिक्रिया