राष्ट्रिय स्वतन्त्र पार्टिको पहिलो महाधिवेशन आगामी वैशाखमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशन वैशाख अन्तिममा गर्नेगरी  घोषणा गरेको छ। 

बुधबार बसेको राष्ट्रिय सभा भेला कार्यक्रमको अन्तिममा रास्वपाका सभापति रवि लामिछानेले पहिलो महाधिवेशनको मिति घोषणा गरेका हुन्।

महाधिवेशनको मिति २०८२ साल वैशाख २५, २६ र २७ गतेको लागि प्रस्ताव गरिएको छ ।  यस्तै, सभापति लामिछानेले महाकाली मेची जनयात्रा अभियान चलाउने प्रस्ताव समेत राष्ट्रिय भेलामा राखेका हुन् ।

प्रतिक्रिया