सिमलताल पहिरोमा बेपत्ता चालकका छोरालाई वीरगञ्ज नगर प्रमुखद्वारा निःशुल्क अध्ययनको व्यवस्था

महेश दास

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सिमलताल पहिरोमा परी बेपत्ता भएका एन्जल बसका चालक वीरगञ्ज – १६ का जवाहिर महतोका छोराहरुलाई निःशुल्क पठनपाठनको बयवस्था गरेका छन् । 

महतोका दुवै जना छोराहरुलाई उनीहरु अधधयनरत  बिद्यालयमै गएर  भेटेर नगरप्रमुख सिंहले  निशुल्क पठनपाठनको व्यवस्था मिलाएका हुन् । 
सिंहले  वडा नं.–१६ नगवा स्थित सनलाइट माध्यमिक बिद्यालयमा दुबै जना बालकहरुको निशुल्क अध्ययन गर्ने व्यवस्था मिलाएका हुन् । महतोका जेठो छोरा श्याम कुशवाह कक्षा ४ र कान्छो  बिट्टु कुशवाह शिसु कक्षामा अध्ययन गरिरहेका छन्। 

सनलाइट मा.वि.का प्रधानाध्यापक आलोक चौरसियाले महानगर प्रमुखको आग्रहमा दुबै बालकहरुलाई कक्षा १२ सम्म निशुल्क अध्ययन गर्ने व्यवस्था मिलाएको जानकारी दिए । 

वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस गएको असार २८ गते नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेको थियो ।
 

प्रतिक्रिया