रविको सहकारी ठगीबारे विश्वास लागेको थिएन, अहिले प्रमाणित भयो: देउवा

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भएको बताएका छन्।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा एक महिने विशेष अभियानको शुभारम्भ गर्दै उनले सहकारी सम्बन्धी गठन भएको संसदीय छानबिन विशेष समितिले लामिछानेमाथि स‌ंसदमा उठेका प्रश्नहरू प्रमाणित गरेको बताए।

 देउवाले लामिछानेमाथि लागेको ठगीको आरोपबारे विश्वास नलागेको भएपनि समितिले प्रमाणित गरेको र पार्टीका महामन्त्री गगनकुमार थापाले उठान गरेको विषय सही भएको बताएका थिए। उनले महामन्त्री थापाले लामिछानेको नाम उठान गरे पनि आफुले नपत्याएको तर अहिले प्रमाणित भएको बताएका छन् ।  सका लागि उनले थापालाई धन्यवाद समेत दिएका थिए।
उनले रवि लामिछाने चलाख मान्छे भएको र आफू छक्क परेको बताए।

प्रतिक्रिया