कैद मिनाहा पाएका कोहीपनि संविधान दिवसमा रिहा नहुने

काठमाडौं । संविधान दिवसमा कैद मिनाहा पाएका कोहीपनि रिहा नहुने भएका छन्। कैद मिनाहाको लागि  गृह कार्य नपुगेको भन्दै  संविधान दिवसमा कसैलाई पनि रिहा नगरिने भएको हो ।  जनस्तरबाट विवाद आउन नदिन गृह कार्य भएकाले  कैद मिनाहाको लागि समय लाग्ने बताइएको छ ।  
 यसअघि सरकारले गत गणतन्त्र दिवसका अवसरमा पनि कसैलाई पनि बाँकी सजाय माफी गरेर छाडेको थिएन ।
त्यसपछि ६ सय २० जनाको सूची निकालेर उजुरी भए आह्वान गरिएको थियो। उनिहरुलाई कसैलाई पनि छाडिएको छैन । दुई साताअघि थप ४ सय ९२ जनाको सूची निकालेर उजुरी आह्वान गरिएको थियो ।

योगराज ढकाल रिगल कान्डपछि सरकारले ज्यान मुद्धाका कैदीलाई पीडितका आफन्तको सहमति लिएर मात्र छाड्न लागेको छ । यसरी सहमती लिएर दुईपटक सूची निकालिएपनि सरकारले दोस्रोपटक विशेष अवसरमा कैद सजाय छुट दिन रोकिएको हो ।

प्रतिक्रिया