व्यवसायी दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौ । व्यवसायी दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।  प्रसाईंविरुद्ध अदालतले साइबर अपराधसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेको हो । जिल्ला अदालत काठमाडौंले केही विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार प्रसाईंविरुद्ध बुधबार पक्राउ पुर्जी जारी गरेको हो ।

प्रहरीले गरेको सिफारिसका आधारमा प्रसाईंसहित जीवन पाण्डे र दुर्गा खनालविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

पछिल्लो समय विभिन्न अभियानमा लागेका व्यवसायी प्रसाईंले नेताहरूविरुद्ध दिएको अभिव्यक्तिलाई लिएर पक्राउ पुर्जी जारी भएको हो । 
उनीहरूविरूद्ध विद्युतीय कारोबार ऐन अनुसारको कसुर गरेको भन्दै पुर्जी जारी भएको हो।

प्रतिक्रिया