विद्यालय शिक्षा ऐन छिटो पारित गर्ने तयारी छ: शिक्षामन्त्री भट्टराई

काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सरकार विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्ने गरी अघि बढिरहेको बताएकी छिन् । राष्ट्रिय शिक्षा दिवसको अवसरमा बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले   यस्तो बताएकी हुन् । मन्त्री भट्टराईले शिक्षकलाई मासिक रुपमा पारिश्रमिक प्रदान गर्न पनि सबै स्थानीय तहलाई अनुरोध गरिसकेको बताइन् । विद्यालयमा दिवा खाजा कार्यक्रमलाई अझै व्यवस्थित बनाउन, रैथाने र पोषणयुक्त दिवा खाजाको व्यवस्था गर्न स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवा खाजा कार्यक्रमको प्रारुप तयार गरी सुरु गर्ने योजना सरकारले बनाएको जानकारी पनि उनले दिइन । माध्यमिक तहमा अझै १६ हजार ४६ दरबन्दी आवश्यक रहेको मन्त्री भट्टराईको भनाइ थियो । कार्यक्रममा प्रधानमन्त्री ओलीले उच्चशिक्षा, विद्यालय तह र सामाजिक क्षेत्रमा उत्कृष्टता हासिल गर्ने क्याम्पस, विद्यालय र संस्थालाई पुरस्कार प्रदान गरेका थिए  ।।  

प्रतिक्रिया