मिस नेपाल आस्मा प्रत्यक्ष राजनीतिमा, बनिन् राप्रपाको केन्द्रीय सदस्य

काठमाडौ । मिस नेपाल आस्मा कुमारी केसी प्रत्यक्ष राजनीतिमा आवद्ध भएकी छन् ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्यमा मनोनित भएसंगै आस्मा राजनीतिमा आवद्ध भएकी हुन् ।   ।

राप्रपाले ‘नविन राप्रपा’ कार्ययोजना अन्तरगत ४० वर्षमुनिका २० जनालाई सोझै केन्द्रीय सदस्य बनाउने आकर्षक ‘प्याकेज’ ल्याएको थियो।विभिन्न मापदण्डका आधारमा अन्तरवार्तासमेत लिएपछि १० पुरुष र १० महिलालाई केन्द्रीय सदस्यमा हिजो मनोनयन गरिएको हो। मनोनितहरुको सूचीमा आस्माको नाम पनि परेको छ। उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले सिधै केन्द्रीय सदस्य बनाइदिएको छ ।

यसै बर्ष श्रावणमा भएको मिस नेपाल प्रतियोगितामा २६ वर्षीया आस्मा विजेता बनेकी थिइन्। मिस नेपालको ३० औं संस्करणमा २५ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेकी हुन्। सोसल वर्कमा स्नातक गरेकी आस्माले इम्पोर्ट डिस्ट्रिब्यूसन एक्सपर्ट व्यवसायमा पनि संलग्न छिन्।मिस नेपालपछि दिएका विभिन्न अन्तरवार्तामा उनले भविष्यमा राजनीतिज्ञ बन्ने चाहना व्यक्त गरेकी थिइन् ।  

प्रतिक्रिया