सहकारी ठगीमा रवि लामिछाने दोषि कि निर्दोष ? प्रतिवेदनमाथि अधिवक्ताहरुको फरक मत

काठमाडौं । सहकारी ठगीमा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने दोषि कि निर्दोष भन्ने सम्बन्धमा कानूनविद्हरुको मत बाझिएको छ ।

एभिन्यूज खबर टेलिभिजनमा कार्यक्रम विशेष संवादमा प्रस्तोता सुशील पाण्डेसँग कुराकानी गर्दै बरिष्ठ अधिवक्ताद्वय दिनेश त्रिपाठी र प्रा.डा. गान्धी पण्डितबीच राय बाझिएको हो । 

सहकारी छानबिन समितिको प्रतिवेदनले लामिछानेलाई दोषि करार गरेको बरिष्ठ अधिवक्ता त्रिपाठीको भनाई छ । तर, प्रतिवेदनले रविलाई दोषि या निर्दोष करार नगरेर थप अनुसन्धानको बाटो खोलीदिएको बरिष्ठ अधिवक्ता पण्डितको तर्क छ । 

रविलाई सहकारी ठगीमा मात्र नभई किर्ते र संगठित अपराधमा पनि मुद्दा चलाउन पर्ने त्रिपाठीको भनाई छ  । यस कार्यक्रमको पुरा अंश बुधबार साँझ ९ बजे एभिन्यूज खबर टेलिभिजनमा प्रसारण हुनेछ ।  

प्रतिक्रिया